नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ९ हजार नजिक

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा २ हजार १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७०४ पिसिआर र ४ हजार ८०६ एन्टिजेन नमुना परीक्षण हुँदा २ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म नेपालमा ६ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ।

आज ४ हजार ९१४ निको भएका छन्। यो सँगै ५ लाख ८१ हजार ३२७ जना निको भएका छन्।

मन्त्रालयको अनुसार शनिबार देशभर ४२ हजार २४ सक्रिय संक्रमित छन्।

आज ३० जनाको कोरोना संक्रमणबाट निधन भएको छ। यो सँगै कोरोनाबाट ८ हजार ९७५ जना ज्यान गुमाएका छन्।

शनिबार देशभर ३६१ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *