इन्डोनेसियामा कोरोना संक्रमणबाट ४०१ चिकित्सकले गुमाए ज्यान

फाइल फोटो

कोरोना महामारीले इन्डोनेसियामा रौद्र रुप लिन थालेको छ। कोरोना संक्रमणका कारण चिकित्सक स्वयं पीडित हुन थालेका छन्।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार इन्डोनेसियामा डेल्टा भेरिएन्टले महामारी मच्चाइरहेको छ।

बिहीबार मात्रै हालसम्मकै बढी २० हजार नयाँ संक्रमित थपिएका छन्। बिरामीको चापसँगै अस्पतालहरुमा अक्सिजनको पनि कमी देखिन थालेको छ। १४.६ प्रतिशत नयाँ संक्रमित रहेका छन्।

संक्रमण सुरु भएसँगै ४०१ जना चिकित्सकहरुको मृत्यु भइसकेको छ। जसमा २० जना डाक्टरले पूर्णमात्रामा कोरोनाविरुद्धको खोप लगाएका थिए। मृत्यु भएका ३१ जना चिकित्सकहरुको भने अनुसन्धान भइरहेको छ।

इन्डोनेसियाको चिकित्सक संघले सिनोभ्याक खोप लगाएका ३५८ जनामा दुई हप्ताको दौरानमा संक्रमण पुष्टि भएको जनाएको छ।

अध्ययनका अनुसार चाइनिज खोप जुन इन्डोनेसियाका स्वास्थ्यकर्मीहरुमा लगाइएको थियो, उनीहरुमा राम्रो असर गरेको थियो। तर, डेल्टा भाइरसमा यो अध्ययन नभएकोले यो खोपले उक्त भाइरसलाई काम गर्छ-गर्दैन पुष्टि हुन सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय