स्वास्थ्य व्यवसायी परिषद्ले स्थगित गर्याे लाइसेन्स परीक्षा

नेपाल स्वास्थ्य व्यवसायी परिषदले दर्ता परीक्षा (लाइसेन्स) स्थगित भएको छ।

परिषद्ले एक सूचना जारी गर्दै कोरोना संक्रमणका कारण स्थगित भएको जनाएको छ।

स्नातकोत्तर, स्नातक र प्रमाण पत्र तहको परीक्षा असार १९ मा परीक्षा लिने परिषद्ले योजना बनाएको थियो। तर, कोभिड महामारीको कारण परीक्षार्थी काठमाडौं आउन नसक्ने देखिएपछि परिषदले तत्कालका लागि परीक्षा स्थगित गरेको हो।

परीक्षा काठमाडौंमा नै हुने कार्यतालिका बनाइएको छ।

तर परिषदले लाइसेन्स परीक्षा पहिलो पटक गर्न लागेको हो।

परिषदले परीक्षाको अर्को मिति पछि प्रकाशित गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय