आज ४५ हजार ७९४ सक्रिय संक्रमित, २७ जनाको निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा  ९ हजार ५८६   पिसिआर र ४ हजार ७६५ एन्टीजेट परीक्षण गर्दा २ हजार ४७६ जनामा कोराना पुष्टि भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ३१ हजार १५२ पुगेको छ।

जसमध्ये ४५ हजार ७ सय ९४ सक्रिय संक्रमित छन्।

पछिल्लो विवरण अनुसार देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ९४५ जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा देशभर ५ हजार ४५५ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ३ प्रतिशत रहेको छ।

यो सँगै नेपालमा हालसम्म ५ लाख ७६ हजार ४१३ जना संक्रमित निको भइसकेका छन्।

आज ३७३ जना क्वारेन्टाइनमा छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *