चिकित्सा शिक्षा स्नातक तहका प्रवेश परीक्षा साउन ९ बाट सुरू, यि हुन पाँच परीक्षाकेन्द्र?
चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षा साउन ९ गतेबाट सुरू गर्ने भएको छ।
आयोगको स्रोत अनुसार एमबिबिएस तथा बिडिएस, बिएन तथा बिएसी नर्सिङ, फार्मेसी, पब्लिक हेल्थलगायत स्नातक तहका प्रवेश परीक्षा साउन ९ बाट सुरू हुनेछ।
जसका लागि काठमाडौं लगायत अन्य ४ स्थानमा परीक्षाकेन्द्र तोकिएको छ।
आयोगले दिएको जानकारी अनुसार काठमाडौं, चितवन, पोखरा, धरान र नेपालगञ्जमा परीक्षा सञ्चालन गरिनेछ।
पहिला काठमाडौं उपत्यकामा मात्रै हुने गरेको थियो।
चिकित्सा शिक्षाको आयोगले जिम्मेवारी पाएसँगै एमबिबिएस प्रवेश परीक्षा पहिलो हो।
कोरोना महामारीका कारण गतबर्षदेखि एमबिबिएस प्रवेश परीक्षा रोकिदैं आएको छ।
केही दिनभित्रै काठमाडौँं उपत्यकामा लगायत अन्य स्थानमा सेन्टर तोक्ने र स्वास्थ्यका मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गरिने योजनामा आयोग जुटिसकेको छ।
स्नातक तहका विभिन्न विषयमा ३२ हजार ८०० जनाले प्रवेश परीक्षाका लागि फारम भरेको छन्।
आयोगले केही हप्ता अगाडी नै स्नातक तहका विभिन्न विषयको अध्ययनका लागि कलेजहरुलाई सिट निर्धारण गरिसकेको छ।
अघिल्लो आर्थिक वर्षकै भर्ना प्रक्रिया तथा कक्षा सञ्चलान हुनुपर्नेमा कोरोना महामारीका कारण शैक्षिक कार्यक्रम पर सरेको छ।
Can we change the programme?
Finally xam dina paeni vaiyo😍😍