यस्ता छन् तेस्रो लहरसँग जुध्न नवनियुक्त स्वास्थ्यमन्त्रीका योजना

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म ३३ प्रतिशत जनसंख्यालाई खोप दिन सक्ने योजना बनाएको छ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले असोजसम्ममा ३३ प्रतिशत नागरिकलाई खोप दिन सकेमा तेस्रो लहरसँग जुध्न सहज हुने बताए।

‘असोजसम्म ३३ प्रतिशत नागरिकमा खोप दिने योजना बनाएका छौं। जसको लागि हामीलाई एक करोड ५० लाख डोजको आवश्यकता पर्दछ,’ सचिव अर्यालले भने, ‘एक करोड १० खोप डोजको अर्डर गरिसकेका छौं।’

काेराेनाकाे तेस्रो लहर रोकथामका लागि विशेष प्राथमिकता साथ काम अगाडी बढ्ने उनको भनाई छ।

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले तेस्रो लहरलाई जुध्नका लागि पदभार ग्रहण गर्दै गर्दा तीन वटा विषयमा निर्णय गरको उनले जानकारी दिए।

किटिकल कियरको लागि ६ सय आइसियू बेड, १ सय ८० भेन्टिलेटर, १ हजार ४ सय एचडियू बेड र अक्सिजन प्लान्ट थप, बालबालिकाको लागि २५० आइसियू बेड निमार्णका लागि दुई महिना भित्र सम्पन्न गर्न मन्त्री श्रेष्ठबाट निर्देशन भएको अर्यालले जानकारी दिए।

त्यसैगरी, बाढी प्रभावित क्षेत्रका स्थानीय नागरिकलाई खोप अभियानमा प्राथमिकतामा राख्ने युनिफाइड स्वास्थ्य प्रणाली सञ्चालन गर्ने जस्ता निर्णय भएको छ।

संक्रमणको पहिलो र दोस्रो लहरमा आइपुग्दा त्यति खराब नआएको अर्यालको भनाई छ।

सरकारी क्षेत्रलाई बलियो बनाएर काम गर्नुपर्ने अर्यालले बताए।

‘अहिले सम्म किटिकल कियर र उपचारमा मात्रै जोड दिएका थियौं। अब जनस्वास्थ्य विषयमा काम गर्नुपर्ने छ,’ अर्यालले भने, ‘जनस्वास्थ्यको विषयमा अब पनि ध्यान दिन सकेकौं भने स्वास्थ्य सूचक कमजोर हुँदै जानेछन्।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *