स्वास्थ्य मन्त्रालयले नयाँ इतिहासको निमार्ण गर्नेछ : मन्त्री श्रेष्ठ

हेल्थपोस्ट नेपाल

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयले नयाँ इतिहास निमार्ण गर्न दाबी गरेका छन्।

जसका लागि मन्त्रालयका सम्पूर्ण टिमको सहयोगको आवश्यकता भएको उनले बताए।

‘आज पहिलो दिन मन्त्रालयमा पदभार ग्रहण गर्दै गर्दा जसरी तपाईहरू माया पाए। म एकदमै उत्साहित छु। यही स्थिर र भावना साथ सिंगो मन्त्रालय अगाडी बढ्छ,’ मन्त्री श्रेष्ठले भने।

वर्तमान सरकारको पहिलो प्राथमिकता नागरिकको रक्षा गर्ने नै भएको उनको भनाई छ।

‘सरकारको पहिलो प्राथमिकता नागरिकको रक्षा गर्नु हो। जसका लागि सरकार प्रतिबद्ध छ,’ उनले भने।

कोरोना भाइरसको महामारीलाई परास्त गर्न एक बर्षभित्रैमा चमत्कारी पूर्ण ढंगले काम गर्ने मन्त्री श्रेष्ठको भनाई थियो।

‘निकट भविष्यमा चमत्कारी पूर्ण ढंगले कोराना महामारीको समस्यालाई समधान र निकास दिन अगाडी बढ्नेछु,’ मन्त्री श्रेष्ठले भने, ‘यसको लागि सिगों मन्त्रालयको टिम सहयोग पाउँछु भन्ने आशा राखेको छु।’

विगतका दिन निकै कष्टकर रहेको भन्दै वर्तमान सहज नभएको र थप चुनौतिपूर्ण रहेको उनले बताए।

‘चुनौतिसँग डराएर पछाडी हटिदैंन। चुनौतिसँग सामना गरिन्छ। वर्तमानका दिन निकै कष्टकर भयो। वर्तमान हाम्रो लागि निकै चुनौतिपूर्ण छ,’ उनले भने।

‘सिंगो स्वास्थ्य मन्त्रालयलाई शिरमा बोकेर अगाडी बढ्न चाहन्छु। त्यो सफलताको तपाईहरूको निस्वार्थ सहयोगको लागि विश्वास गरेको छु,’ मन्त्री श्रेष्ठले भने।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *