स्वास्थ्यमन्त्री श्रेष्ठ भन्छन्– काम गर्ने स्वास्थ्यकर्मीले हो, मन्त्रीको त बोल्दा बोल्दै पद जान्छ

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री कृष्णगोपाल श्रेष्ठले स्थायी रूपले काम गर्ने स्वास्थ्यकर्मी नै भएको जनाएका छन्।

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएसँगै कार्यभार समाल्न पुगेका मन्त्री श्रेष्ठले आफूहरूको त बोल्दा बोल्दै पद जाने बताए।

‘कोरोना महामारीमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले नै स्थायी रूपले काम गर्ने हो। तपाईहरू स्थायी सरकार हो, हामी मन्त्री यहाँ बोल्दा–बोल्दै पद जान सक्छ। त्यसैले संकटमा लड्न तपाईंहरूको मुख्य भूमिका छ,’ उनले भने।

विगतमा जे–जे भएपनि मन्त्रालयका कर्मचारीको वर्तमानमा राम्रो साथ र सहयोेगको अपेक्षा रहेको उनले बताए।

मन्त्री श्रेष्ठले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने पनि बताए।

‘कोरोनाको संक्रमितको उपचारमा जोखिम खटेर काम गर्नुभएका स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्छ। उहाँहरूकाे कामलाई सरकारले उचित कदर गर्नेछ,’ मन्त्री श्रेष्ठले भने।



One thought on “स्वास्थ्यमन्त्री श्रेष्ठ भन्छन्– काम गर्ने स्वास्थ्यकर्मीले हो, मन्त्रीको त बोल्दा बोल्दै पद जान्छ

  1. Wohre mantri jiu k aru jo health post ma duty gareka xan tini jokhim ma xainan bhanxan kanun andha hunx bhane yahi ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *