एक वर्षभित्र चमत्कारी परिर्वतन गर्छु, कसैले मास्क लगाउन पर्दैन : स्वास्थ्यमन्त्री

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले एक वर्षभित्रमा चमत्कारी परिर्वतन गर्ने दाबी गरेका छन्।

शुक्रबार मन्त्रालयमा कार्यभार ग्रहण गर्दै श्रेष्ठले एक बर्षभित्रमा सबै नागरिकले खोप पाइसक्ने बताए।

‘अर्को बर्षसम्म कुनै पनि नागरिकले खोपकाे चिन्ता गर्न पर्दैन,’ स्वास्थ्यमन्त्री श्रेष्ठले भने, ‘ एकबर्षभित्रमै कसैले मास्क नलाउनुपर्ने गरी काम गर्दै जानेछु।’

मन्त्री श्रेष्ठले भाषण गर्ने भन्दा पनि काम गरेर देखाउने बताए।

‘अहिले जनताले नो ‘भ्यासिक्न–नो भोट भन्दै आएका छन्। सरकारलाई सबैभन्दा चुनौति नै सम्पूर्ण नागरिकलाई खोप दिनु हो। भाषण गर्दिन। सिधैं काम गरेर देखाउने छु,’ मन्त्री श्रेष्ठले भने।

कोरोनाको तेस्रो लहरको आउन नदिनका लागि रोकथाममा विशेष प्राथमिकता दिने उनको भनाई छ।

‘कोरोना रोकथामका लागि चिन्तित भएर आजबाट काममा लाग्ने छौ। मन्त्रालयले एकिकृतको भावना राखेर काम गर्नेछ। एकबर्ष भित्रैमा चमत्कारी परिर्वतन हुनेछ,’ उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय