आज कहाँ–कहाँ धेरै पानी पर्दैछ ? कहिले सम्म हुन्छ वर्षा ?

मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विहान ३ दिनको मौसम प्रक्षेपणसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो जानकारी गराएको छ । बुलेटिन अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

महाशाखाका अनुसार अहिले नेपालको दक्षिण भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ।

जसका कारण प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

पूर्वानुमान महाशाखाले आउने २४ घन्टामा प्रदेश नं १ र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

त्यसैगरी शनिबार सामान्यदेखि पूर्ण बदली रहनेछ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबार पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय