स्वास्थ्य मन्त्रालयको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई दिएकी छन्।

सर्वोच्च अदालतले जेठ ८ को प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तार कार्यान्वयन नगर्न दिएको आदेश पछि खाली रहेको स्वास्थ्यमन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई दिइएको थियो।

यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यको जिम्मेवारी शेरबहादुर तामाङलाई दिएका थिए।

जेठ २७ मा मन्त्रिपरिषद् विस्तार गर्दा परेका तामाङले स्वास्थ्य मन्त्रालयले जम्मा १३ दिनमात्र चलाउन पाए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्हालिरहेका मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयसँगै वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। कोरोना महामारीको दोस्रो लहर अलि कम भए पनि तेस्रो लहरको खतरा अझै पनि छ।

मानिसहरुले कोरोना विरुद्धको खोपको आश गरिरहेकै समयमा नेतृत्व फेरबदल हुँदा महामारी नियन्त्रण कठिन बन्ने मन्त्रालयका अधिकारीहरु बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय