२४७४ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

हेल्थपोस्ट नेपाल


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार २४ घण्टामा २४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

७२३५ जनामा पिसिआर परीक्षण गर्दा १५७७ र ४९९७ जनामा एन्टिजेनबाट परीक्षण गर्दा ८९७ जनामा संक्रमण पुष्टि भएको हो।

आज मृत्यु हुनेको संख्या २४ रहेको छ। योसंगै हालसम्म ८९१८ जनाको मृत्यु भएको छ।

देशैभरि ७.८ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ९०.७ निको भइसकेका छन्।

काठमाण्डौमा २३४, भक्तपुरमा ३३ र ललितपुरमा ६८ गरी काठमाण्डौ उपत्यका भित्र ३३५ नयाँ संक्रमित थपिएका छन्।

नेपालमा हाल संक्रमण दर १९.१ प्रतिशत रहेको छ भने ३००.७ मृत्यु प्रति दश लाख जनसंख्या रहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *