दक्षिण पूर्वी एसियामा कोरोना विरुद्धको खोप लगाउनेमा नेपाल छैठौं

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार १० गते १७:१३

दक्षिण पूर्वी एसियाली राष्ट्रहरुमा कोरोना खोप प्रदान गर्ने देशहरुमा नेपाल छैठौं स्थानमा रहेको छ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङक अनुसार कोभिड—१९ विरुद्धको खोप लगाउने १० वटा राष्ट्रहरुमा नेपाल छैठौं स्थानमा रहेको छ भने भारत पहिलो, बंगलादेश दोस्रो र इन्डोनेसिया तेस्रो स्थानमा रहेका छ।

त्यस्तै, पहिलो मात्रा खोप लगाउने देशहरुमा भने नेपालले पाँचौं र दोस्रो मात्रा खोपमा लगाउनेमा भने साँतौं स्थानमा रहेको।
नेपालले हालसम्म ३२,३२,६०४ जनालाई खोप लगाइसकेको छ भने पहिलो मात्रा २५ लाख र दोस्रो मात्रा ७ लाख मानिसहरुलाई मात्र लगाएको छ।
हालसम्म एक डोज सबैभन्दा बढी लगाउने भुटान पहिलो नम्बरमा छ । उसले ६४ प्रतिशतलाई पहिलो डोज खोप लगाइसकेको छ । भुटानमा दोस्रो डोज कतिले लगाए भन्ने कुरा तथ्यांकमा उल्लेख छैन ।

त्यस्तै, दोस्रो नम्बरमा माल्दिभ्स ५७.५ प्रतिशतलाई पहिलो डोज खोप लगाइसकेको छ । उसले ३३.८ प्रतिशतलाई दोस्रो डोज पनि खोप दिइसकेको छ । तेस्रो नम्बरमा रहेको भारतले १७ प्रतिशत जनसंख्यालाई पहिलो डोज लगाएको छ । भारतले दोस्रो डोज खोप ३.७ प्रतिशतलाई लगाएको छ ।

श्रीलंकाले जनसंख्याको ११ प्रतिशतलाई पहिलो डोज खोप दिइसकेको छ । छैटौ स्थानमा टिमोर लिस्टे, सातौ नम्बरमा इन्डोनेसिया र आठौं नम्बरमा थाइल्याण्ड, नवौं नम्बरमा बंगलादेश र दशौं नम्बरमा म्यानमार रहेका छन् ।

तथ्यांकअनुसार बंगलादेशमा ५८ लाख २२ हजार १ सय ७७ जनाले पहिलो डोज खोप लगाएका छन् ।

त्यसैगरी भुटानमा ४ लाख ८४ हजार १ सय ९८ जना, भारतमा २१ करोड २४ लाख ७७ हजार ८० जना, इन्डोनेसियामा २ करोड ९ लाख ४ हजार ७ सय २३ जना, माल्दिभ्समा ३ लाख १४ हजार १ सय ७४ जना, म्यानमारमा १७ लाख ७२ हजार १ सय ७७ जना, नेपालमा २४ लाख ५१ हजार ९ सय २५ जना, श्रीलंकमा २३ लाख १७ हजार १२ जना, थाइल्याण्डमा ४५ लाख ३१ हजार ९ सय १४ जना र टिमोर लिस्टेमा १ लाख ३ हजार ८ सय १३ जनाले पहिलो डोज खोप लगाएका छन् ।

त्यसैगरी, बंगलादेशमा ४२ लाख ५७ हजार ४ सय ९९ जना, भुटानमा उपलब्ध छैन, भारतमा ४ करोड ९२ लाख ६३ हजार १ सय ९३ जना, इन्डोनेसियामा १ करोड १६ लाख ९९ हजार २१ जना, माल्दिभ्समा १ लाख ७९ हजार ४ सय ३६ जना, म्यानमारमा १२ लाख २२ हजार ७ सय २३ जना, नेपालमा ६ लाख ९१ हजार ४ सय ९४ जना, श्रीलंकामा ६ लाख १३ हजार २ सय जना, थाइल्याण्डमा १६ लाख ५६ हजार २ सय १० जना र टिमोर लिस्टेमा ६ हजार ७ सय १८ जनाले दोस्रो डोज खोप लगाइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय