बिपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियारमा उजुरी
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
डा. गिरीले कुनै विश्वविद्यालयबाट वैध रूपमा प्राध्यापकको डिंग्री नलिएको भन्दै उजुरी परेको हो।
डा. गिरीको योग्यताको विषयमा प्रश्न उठँदै शशि शशि विक्रम कार्की र आशिष राई उक्त विषयमा छानबिन गर्न अख्तियरमा उजुरी हालेका छन्।
‘कुनै पनि विश्वविद्यालयबाट वैध रुपमा प्राध्यापकको डिग्री नलिइकनै आफ्नो नामको अगाडि प्राध्यापक लेख्ने गरेको तथा सोही हैसियतले प्रतिष्ठानको उपकुलपति भएको विषय बाहिर आइरहेको छ,’ उजुरी पत्रमा भनिएको छ, ‘ योग्यतासम्बन्धी सबै कागजपत्र विस्तृत अध्ययन गरी दोषी भएमा कानुनी अनुसार कारबाही प्रक्रिया अगाडी बढाउन अनुरोध गरिन्छ।’