दक्षिण अफ्रिकी महिलाले एकैपटक १० सन्तान जन्माएको खबर झुठो

दक्षिण अफ्रिकाकी एकजना महिलाले एकैपटक १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको बताइएको छ। दक्षिण अफ्रिकी अधिकारीले सो खबर झुठो भएको पुष्टि गरेका हुन्।

खाउटेङ् प्रान्तका कुनै पनि अस्पतालमा त्यसरी बच्चा जन्मिएको अभिलेख नरहेको प्रान्तीय सरकारले जनाएको छ। स्वास्थ्य परीक्षणले गोसियामे थमारा सिथोले हालै गर्भवतीसमेत नरहेको देखाएको थियो।

३७ वर्षीया ती महिलालाई अहिले मानसिक स्वास्थ्यसम्बन्धी कानुन अन्तर्गत निगरानीका लागि नियन्त्रणमा लिइएको छ। उनले किन झुठा समाचार दिइन त्यसको कारण भने खुलिसकेको छैन।

प्रिटोरीआ न्यूजको स्वामित्वमा रहेको इन्डिपेन्डेन्ट अनलाइनले (आइओएल) यसबारे सुरुमा समाचार प्रकाशित गरेको थियो। उक्त अनलाइनले सिथोलेले जुन ७ मा स्टिभ बिको एकेडेमिक हस्पिटलमा बच्चा जन्माएको उल्लेख गरेको थियो। प्रिटोरिया न्यूजका सम्पादकविरूद्ध कानुनी कारबाही गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय