कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा भेरोसेल लगाउन मिल्छ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुले दोस्रो मात्रामा भेरोसेल खोप लगाउन नमिल्ने जनाएको छ।

केही अध्ययन अनुसनन्धानले कोभिसिल्ड खोप लगाएका मानिसले भेरोसेल लगाउँदा झन प्रभावकारी हुने जनाउँदै आएका छन्।

पहिलो मात्रा एस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको भन्ने समाचार गलत भएको दाबी गरेको छ।

डब्लुएचओको नेपाल कार्यालयले एक विज्ञप्ति जारी गर्दै त्यसका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको उल्लेख गरेको छ।

‘पहिलो मात्रा एस्ट्राजेनेका खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको भन्ने गलत समाचारप्रति विश्व स्वास्थ्य संगठन ध्यानाकर्षण गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ,‘विश्व स्वास्थ्य संगठनले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झुटो आरोप हो।’

गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउने विज्ञप्तिमा उल्लेख छ।

प्रेस विज्ञप्ति पढ्नो
पहिलो मात्रा एस्ट्राजेनेका ९कोभिसिल्ड० खोप लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको भन्ने गलत समाचारप्रति विश्व स्वास्थ्य संगठन ध्यानाकर्षण गराउन चाहन्छ ।

विश्व स्वास्थ्य संगठनले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झुटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ।

दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्यांकहरु मात्र उपलब्ध छन।

भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेका छन् र एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय