के फरक छ पिसिआर र एन्टिजेन परीक्षणका विधि?

कोरोना भाइरस शरीरमा छ कि छैन भनेर परीक्षण गरेर हेर्न पिसिआर र एन्टिजेन विधिबाट गरिन्छ।

पिसिआर परीक्षण गर्दा रिर्पोट आउन केही समय लाग्छ भने एन्टिजेनको रिर्पोट आधा घण्टा भित्रमा आउँछ।

परीक्षणमा पिसिआर विधिलाई गोल्ड स्ट्याण्र्डर मानिन्छ भने दुबै विधिका आफ्नै विशेषता रहेका छन्।

कुनै पनि विधिबाट सतप्रतिशत रोग पत्ता लगाउन सकिँदैन। केही न केही फल्स पोजिटिभ वा फल्स नेगेटिभ नतिजा आउन सक्छ।

एन्टिजेनका लागि केही सिमित कम्पनीलाई मात्र मान्यता दिइएको छ। गुणस्तर मापन गर्नका लागि थोरै एन्टिजेन किटलाई मात्र मान्यता दिइएको छ।

यसमा युएसअफडिए, विश्व स्वास्थ्य संगठन, युरोपिएन युनियनले मान्यता दिएका किटहरु र दुई वा सो भन्दा धेरै देशमा प्रयोग भएका किटहरुलाई नेपालमा प्रयोग गर्नका लागि अनुमति दिइएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विश्व स्वास्थ्य संगठनले मान्यता दिएको ४ वटा किटलाई स्वीकृत गरेको छ भने युएसअफडिएले मान्यता दिएको १६ वटा एन्टिजेन किट, युरोपिएन युनियनको मान्यता प्राप्त ३५ वटा एन्टिजेन किट प्रयोगमा ल्याइएको छ।

त्यस्तै, एन्टिजेन विधिबाट परीक्षणका लागि ९८ वटा अस्पताल तथा प्रयोगशालाहरुले अनुमाति प्राप्त गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परीक्षण गर्नका लागि  १ हजार तोकेको छ।

त्यस्तै पिसिआर परीक्षणको हकमा लक्षण देखाएका व्यक्तिहरुलाई सरकारी अस्पतालहरुमा निशुल्क परीक्षण गरिन्छ भने लक्षण नभएका व्यक्तिहरुले भने  एक हजार  तिर्नुपर्ने हुन्छ। निजी अस्पतालमा भने  दुई हजार पिसिआरको परीक्षणको शुल्क तोकिएको छ।

कोरोना परीक्षण गर्नका लागि घरमै बोलाएर परीक्षण गराउन पनि सकिन्छ। सरकारी प्रयोगशालाहरुबाट घरमै परीक्षण सुविधा छैन भने, निजी ल्याबबाट नमुना परीक्षण गर्दा अधिकतम  ५०० मा लिन पाउने छ।

नमुना संकलन गर्न आएका प्रयोगशालाहरुले नै फोहोरको व्यवस्थापन गर्नुपर्ने हुन्छ भने मानिसहरुलाई उनीहरुको परिचयपत्र खुलाएर मात्र नमुना संकलन गर्न दिन आग्रह गरिएको छ।

बालबालिकाहरुमा पिसिआर परीक्षण गराउन सकिन्छ?

सबै उमेर समूहका मानिसहरुमा पिसिआर परीक्षण गर्न सकिन्छ। काखे बालबालिकाहरुमा पनि यो विधि प्रयोग गरी परीक्षण गर्न सकिन्छ।

कोरोना भाइरसको नयाँ भेरियन्ट कसरी पत्ता लाग्छ?

पिसिआर परीक्षण गरेर नयाँ भेरियन्ट पत्ता लगाउन सकिँदैन। यसको लागि जीन सिक्वेन्सिङ गर्नुपर्छ। तर यसको प्रयोग उपचारका लागि नभई रोग पत्ता लगाउन तथा अनुसन्धानका लागि मात्र प्रयोग गरिन्छ।

त्यसैले पनि व्यक्ति विशेषलाई कुन खाले भाइरस हो भनेर सूचना दिइदैन किन भने यसले उपचारमा असर नपार्ने र जनस्वास्थ्यमा पनि कुनै फरक पर्दैन।

विदेश जाने व्यक्तिको कार्डमा क्यूआर कोड

विदेश जाने व्यक्तिहरुको कोरोना परीक्षण गरिएको कार्डमा क्यूआर कोड अनिवार्य गरिएको छ।

विदेश गएका केही व्यक्तिहरु यही कोड नभएका कारण एयरर्पोटबाटै डिपोट हुनुपरेकाले पनि यसलाई अनिवायै गरिएको हो।

विदेश जानेहरुका लागि तोकिएको प्रयोगशालाहरुले अनिवार्य यो कोड राखेकोहुनुपर्छ।

 

One thought on “के फरक छ पिसिआर र एन्टिजेन परीक्षणका विधि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय