अमेरिकी खोप सहयाेग नेपालले नपाउने
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसबिरुद्ध भ्याक्सिन नेपाललाई नदिने घोषणा गरेका छन् ।
अमेरिकाको सर्वाधिक बिक्री हुने दैनिक पत्रिका युएसए टुडेको मंगलबार प्रकाशित समाचारका अनुसार अमेरिकी राष्ट्रपतिले घोषणा गरेको ८ करोड भ्याक्सिन सहयोगमध्ये ७५ प्रतिशत संयुक्त राष्ट्रसंघको कोभ्याक्स कार्यक्रममा सहयोग गरिने छ ।
गरिब राष्ट्रहरुलाई अनुदानमा दिने भनिर गरिएको घोषणामा पहिले अमेरिकाले नेपालको नाम पनि उल्लेख गरेको थियो। तर सोमबार खोप प्रदान गर्ने सूचीमा नेपालको नाम भने रहेन।
अमेरिकाले कुन भ्याक्सिन सहयोग गर्छ भन्ने अहिले स्पष्ट नभएता पनि अक्सफोर्ड एस्ट्राजेनेका भ्याक्सिन सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपतिले केही समय अघि करिब छ करोड एस्ट्रा जेनेका भ्याक्सिन अमेरिकासँग रहेको प्रतिक्रिया दिएको आधारमा सो अनुमान गरिएको हो ।
बाँकी दुई करोडमा अमेरिकी भ्याक्सिनहरू फाइजर, मोडर्ना र जोन्शन एण्ड जोन्शन हुनेछन् ।
अमेरिकाको एक सञ्चार माध्यमका अनुसार दक्षिण अमेरिकाका राष्ट्रहरु ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, ग्वाटेमाला, एल साल्भाडोर र हण्डुरसले एक करोड ४० लाख डोज भ्याक्सिन पाउने भएका छन् भने एशियाका राष्ट्रहरु अफगानिस्तान, पाकिस्तान बंगलादेश, भारत ताईवान तथा फिलिपिन्सले एक करोड ६० लाख डोज प्राप्त गर्ने छन् ।
बाँकी एक करोड ४० लाख डोज द्विपक्षीय सम्झौताका आधारमा माथि उल्लेखित देशसहित युक्रेन, दक्षिण अफ्रिका, नाइजेरिया, केन्या, घाना, इजिप्ट, इराक तथा पश्चिम तट प्यालेष्टिनमा जानेछ ।
Hwat us the reasons , America does not provide the vaccin to Nepal