डा. चाँदनी वैद्यको स्तन क्यान्सरका कारण निधन

प्यानियाट्रिक केयर विशेषज्ञ डा. चाँदनी वैद्यको निधन भएको छ।

लामो समयदेखि स्तन क्यान्सरसँग जुधिरहेकी वैद्यको उपचारको क्रममा निधन भएको भक्तपुर क्यान्सर अस्पालका क्यान्सर विशेषज्ञ डा. रार्जिव शाहले बताए।

लामो समयदेखि भक्तपुर क्यान्सर अस्पतालमा नै कार्यरत वैद्यको आज बिहान त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो।

‘लामो समयदेखि उहाँमा स्तन क्यान्सर सँग जुधिरहनु भएको थियो,’ डा. शाहले भने, ‘ आज उपचारको क्रममा निधन भयो।’

उनले वीर अस्पतालको नेफ्रोलोजी विभागका रहेर काम गरेकी थिइन।

पछिल्लो समयमा डा. वैद्य भक्तपुर क्यान्सर अस्पतालको प्यानियाट्रिक केयर इन्चाजको भूमिकामा थिइन।

क्यानडाबाट प्यालिएटिभ केयरसम्बन्धी तालिम लिएर उनले भक्तपुर क्यान्सर अस्पतालमा पहिलो पटक उक्त सेवाको सुरुवात गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय