१९ दिनमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले गरेका ४ काम

निवर्तमान  स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्ना १९ दिने उपलब्धि सार्वजनिक गरेका छन्।

मंगलबार सर्वोच्च अदालतको अन्तरिम आदेशले पदमुक्त भएका तामाङले १९ दिनमा ४ वटा उपलब्धि हाँसिल गरेको दाबी गरेका छन्।

कोभिड नियन्त्रणमा इमान्दार प्रयत्न गरेको भन्दै उनले नेपालमा कोरोनाविरूद्धको खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भइसकेको दाबी गरेका छन्।

उनले यदि पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी आफूले लिने पनि बताएका छन्।

त्यसैगरी, सबै नेपाली जनताको स्वास्थ्य उपचार निशुल्क गर्ने सम्बन्धी छलफल, सरकारी अस्पताललाई सुविधा सम्पन्न गराउने र गाँजाको औषधीय उपयोगको अनुसन्धानबारे पहल सुरू भएको दाबी गरेका छन्।

यस्ता छन तामाङका १९ दिने उपलब्धि

१. कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । (यदि पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवनमाथिनै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ। राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन।)

२. सबै नेपाली जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।

३. सम्पूर्ण सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिश्चिततता गर्ने प्रकृयाको आरम्भ भएको ।

४. गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय