‘डेल्टा प्लस’ भेरियन्टमा प्रभावहीन हुनसक्छ खोप

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाको नयाँ भेरियन्ट डेल्टा प्लस र डेल्टामा खोप र इन्फेक्शन इम्युनिटी प्रभावहीन हुनसक्ने बताएको छ। उसले भारतमा पाइएको डेल्टामा खोपको असर कम पाइएको भन्दै यसको म्युटेसनबाट बनेको डेल्टा प्लस भेरियन्टमा पनि यसको प्रभाव न्यून हुनेतर्फ संकेत गरेको छ।

तर, डब्ल्यूएचओले संक्रमणका कारण मृत्यु हुने सम्भावनालाई भने खोपले केही कम गर्ने दाबी गरेको छ। खोपको प्रभावकारिता कम हुँदै जानुमा विभिन्न भेरियन्टहरुमा भइरहेको म्युटेशन प्रमुख कारण भएको उसले बताएको छ। अहिले भारतमा पाइएको डेल्टा प्लस भेरियन्ट पनि डेल्टाकै म्युटेशन हो।

भाइरसको बदलिँदो स्वरुपले थप चिन्ता थपेको डब्ल्यूएचओले बताएको छ। अहिले विश्वका २९ देशमा भाइरसको बदलिँदो स्वरुपले जोखिम बढाएको उसको ठहर छ।

भारतका प्रमुख भाइरोलोजिस्ट तथा प्रोफेसर शाहीद जमिलले डेल्टा प्लस भेरियन्टले इम्युनिटी तथा खोपको साथसाथै इन्फेक्सनबाट बनेको इम्युनिटीलाई पनि प्रभावहिन बनाउनसक्ने बताए। उनले डेल्टामा भएका सबै लक्षण तथा दक्षिण अफ्रिकामा भेटिएको के४१७एन भेरियन्टको लक्षण डेल्टा प्लस भेरियन्टमा भएकाले यो अझ बलियो हुनसक्ने बताए।

जमिलले बिटा भेरियन्टमा खोप कम प्रभावकारी भएको सबैलाई थाहा भएको बताउँदै भने, ‘हामीलाई थाहा छ खोपको असर बिटा भेरियन्टमा कम छ। अल्फा र डेल्टा भेरियन्टभन्दा यसमा खोपको प्रभावकारिता कम पाइएको छ। यसैकारण दक्षिण अफ्रिकाले एस्ट्राजेनेकाका सबै खोप फिर्ता गरेको थियो।’

तर, जमिलले डेल्टा प्लस भेरियन्ट बढी संक्रामक नै छ भन्ने कुरा भने अझै प्रमाणित भइनसकेको बताए। उनले २५ हजारमा परिक्षण गर्दा २० जनामा प्लस भेरियन्ट भेटिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय