अब निजी अस्पतालमा निशुल्क कोरोना उपचार नहुने

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको निशुल्क उपचारका हुने गरेको निजी अस्पतालहरुमा अब सरकारले सोधभर्ना नगर्ने जनाएको छ।

कोरोना उपचारका लागि निजी बाहेक सरकारी अस्पतालहरु, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजहरुमा मात्रै कोभिड–१९ को उपचारका अस्पतालको रुपमा तोकिएको छ।

कोभिड–१० को उपचारका लागि सेवा सम्झौता भएका निजी अस्पतालहरुमा आजसम्ममा भनाए भई उपचाररत संक्रमितहरुको आजको मितिले दश दिनसम्मको मात्रै नियमअनुसार सोधभर्ना गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

निजी अस्पतालहरुलाई सरकारले तोकिएको दररेटभन्दा बढि शुल्न नलिन पनि निर्देशन दिइएको छ।

सरकारले यसअघि निजी सहित देशभरका ८६ अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार हुने अस्पतालमा तोकेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *