भारतमा तीन महिनायताकै न्यून संक्रमण

हेल्थपोस्ट नेपाल

भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ४२ हजार ६४० संक्रमित थपिएका छन्।

तीन महिनापछि संक्रमितको आंकडा ५० हजार तल आएको हो। यसअघि २३ मार्चमा ४७ हजार २३९ संक्रमित भेटिएका थिए।

मन्त्रालयका अनुसार सो अवधिमा ८१ हजार ८३९ जना संक्रमणमुक्त भएका छन् भने १ हजार १६७ संक्रमितले ज्यान गुमाएका छन्।

यो सँगै हालसम्म संक्रमित हुनेको संख्या २ करोड ९९ लाख ७७ हजार ८६१ पुगेको छ।

संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३ लाख ८९ हजार ३०२ पुगेको छ भने २ करोड ८९ लाख २६ हजार ३८ जना संक्रमणमुक्त भएका छन्।

भारतमा हाल ६ लाख ६२ हजार ५२१ सक्रिय संक्रमित रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *