परीक्षण बढेसंगै बढ्यो कोरोना संक्रमित, ४१ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको परीक्षण बढेसँगै कोरोना संक्रमण पुष्टि हुने पनि बढेको छ। २४ घण्टामा १६ हजार ९१३ मा कोरोना नमुना परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य मन्त्रालयको अनुसार १२ हजार २०४ मा पिसिआर विधिबाट परीक्षण गर्दा ३ हजार ७०३ जनामा र ४,७०९ जनामा एन्टिजेन परीक्षण गर्दा ८१९ जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ४१ जनाको मृत्यु भएको छ। योसंगै हालसम्म ८,८१३ जनाको मृत्यु भएको छ।

त्यस्तै, देशैभरि ८.४१ प्रतिशत सक्रिय संक्रमित रहेका छन् भने ९०.१९ प्रतिशत संक्रमित निको भएका छन्।

काठमाण्डौमा ३१०, भक्तपुरमा ६७ र ललितपुरमा ९९ गरी उपत्यका भित्र ४७६ संक्रमित थपिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *