भोलिदेखि कोभिसिल्ड खोप दिइदैं, क–कसले पाउने ?

हेल्थपोस्ट नेपाल

ललितपुर महानगरपालिकाका दुई हजार ५०० व्यक्तिलाई बुधबार दोस्रो मात्राको कोभिशिल्ड खोप लगाइने भएको छ।

कार्यालयले पहिलो मात्राको कोभिशिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ।

लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कूल, महानगरपालिका प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, सुनाकोठीस्थित बालकुमारी विद्यालय, खोकना, बुङ्मतीक्षेत्रअन्तर्गत कार्यविनायक विद्यालय तथा हरिसिद्धि र सैँबु स्वास्थ्यचौकीमा खोप लगाउनेछ।

खाेप लगाउन आउने व्यक्तिले पहिलो मात्रा लगाएको पत्रका साथै उमेर खुलेको प्रमाण कागजसमेत अनिवार्य लिएर आउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आज जारी गरेको सूचनामा जनाइएको छ।

मुलुकमा फैलिरहेको कोरोना महामारीलाई ध्यानमा राखी महानगरपालिकाले सम्बन्धित वडाबाट प्राप्त सिफारिस नामावलीका आधारमा कुपनको व्यवस्था गर्ने जनाएकाे छ।

स्वास्थ्य मापदण्ड पालना गराई खोप कार्यक्रममा सहभागी गराउने सूचनामा जनाइएको छ ।



2 thoughts on “भोलिदेखि कोभिसिल्ड खोप दिइदैं, क–कसले पाउने ?

  1. पर्यटन क्षेत्रको मजदुर ट्रेकिङ गाइडहरुलाइ हरतब चाडो भ्याक्सिनको ब्यबस्था होस।राज्याको मुख्या आयस्रोत भएको पर्यटन ब्याबसायलाइ यो राज्याले हरेक बर्ष उपेक्षा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *