कोरोना विरुद्धको खोपको क्लिनिकल ट्रायल अब नेपालमा पनि हुने

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार ८ गते १६:५०

नेपालमा पनि अब कोरोना भाइरस विरुद्धको खोप परीक्षणको बाटो खुलेको छ। मन्त्रीपरिषदको बैठकले खोपको परीक्षण गर्न नेपाल सरकारले नै अनुमति दिन मिल्ने निर्णय गरेको छ।

नेपाल स्वास्थ्य अनुसनधान परिषदका निर्देशक प्रदिप ज्ञवालीका अनुसार विदेशमा उत्पादनरअध्ययन र परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्नसक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो।

औषधी ऐन २०३५ को दफा ३१ मा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न विभागबाट अनुमतिपत्र लिनु नयाँ औषधिको क्लिनिकल ट्रायल गर्न विभागबाट अनुमतिपत्र लिनु पर्ने भनिएको छ।

यसको प्रक्रियालाई अघि बढाउन, औषधी व्यवस्था विभाग, मन्त्रीपरिषद र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले छलफल गरी अघि बढाउने निर्णय गरेको हो।

नेपाल सरकारकै अनुमति र सहमतिमा विदेशी कम्पनीहरुले खोप वितरण गर्ने तथा यहीँ उत्पादन गर्न पनि सहज हुने भएको छ।

‘यो प्रकृया अघि बडे नेपाली जनताहरुले छिटै खोप पाउनेछन्। अन्य समयमा पनि खोपहरु परीक्षण भइ रहेकै हो। तेस्रो चरणमा पुगेका खोपहरुमात्र परीक्षण हुनेछ,’ ज्ञवालीले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय