सिन्धुपाल्चोकका बाढी प्रभावित पालिकाहरुलाई काठमाडौ महानगरको २ करोड आर्थिक सहयोग

हेल्थपोस्ट नेपाल

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सिन्धुपाल्चोकको बाढीजन्य विपत्तिमा सहयोग गर्न मेलम्ची नगरलाई २ करोड र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

उक्त सहयोग मेलम्ची नगरका प्रमुख डम्बरबहादुर अर्याल र पाँचपोखरी गाउँपालिकाका अध्यक्ष टाँसी लामालाई हस्तान्तरण गरिएको हो ।

स्वास्थ्यमन्त्रीै शेरबहादुर तामाङ्ले, विपद् व्यवस्थापन गर्न पालिकाहरु आफैले कोष बनाएर सञ्चालन गर्न सुझाव दिनएका छन्। ‘जुरेको पहिरो व्यवस्थापन गर्न प्राप्त भएको रकम जिल्ला प्रशासन कार्यालयमा जम्मा गरियो । कानुनी जटिलताले गर्दा संकलित रकममध्ये केही रकम अहिले पनि खर्च हुन पाएको छैन । यसबाट हामीले सिक्नुपर्छ,’ उनले भने।

महानगरका प्रमुख शाक्यले, भगिनी सहर मेलम्चीसँगै प्रभावित पाँचपोखरी थाङ्पाल र हेलम्बुृ गाउँपालिकाका जनतामा प्राकृतिक विपत्तिले ल्याएको दुःखमा काठमाडौँ महानगर र महानगरबासीकातर्फबाट सहयोग गर्न आएको बताए ।

‘प्रभावका दाँजोमा सहयोग सानो हो । तर हामीले आपसी दुःख बाँड्न खोजेका हौँ,’ शाक्यले भने। ‘पुनस्र्थापनाको काम तत्काल पूरा गर्न सकिँदैन । यो नियमित प्रक्रिया हो । यसप्रकार विपत्तिको सामना गर्दा नेतृत्व आत्तिनु हुँदैन । संयमता अपनाएर काम गर्नुहोला । महानगरको तपाईँहरुको दुःखमा साथमा छ।’

असार १ गते आएको बाढीले यसअघि नगरपालिकाले गरेका सबै कतै पुरिदियो कतै बगाइदियो । बस्ती र बजारलाई बगर बनाइदियो । उर्वर भूमिलाई मरुभूमि बनाइदियो । नगरका १३ वडामध्ये ४ वटा वडासँग अहिले सम्पर्क विच्छेद छ ।

बाढीले नगरका ६ वटा वडामा प्रभाव पारेको छ । त्यसमध्ये वडा ६, १० र ११ मा धेरै क्षति पु¥याइको छ । यसले कति क्षति ग¥यो तथ्याङ्क संकलन कार्य थालिएको छ । त्यो एकिन विवरण नआएसम्म हामी यति मात्र भन्न सक्छौँ । बाढीबाट मेलम्चीले मात्र अरवौँको क्षति व्यहोर्नुप¥यो ।

त्यस क्रममा प्रदेश सभा सदस्य माधव पौडेलले, जोखिमयुक्त ठाउँलाई जोखिममुक्त बनाउन सामुहिक प्रयत्नको आवश्यकता रहेको बताए ।

असार १ गते पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरका प्रमुखविच भएको अन्तर पालिका सहकार्यका विषयमा छलफलपछि गाउँपालिकाका अध्यक्ष टाँसी लामा घर फर्कदै गर्दा नदीमा अत्यासित पानीको बहाव बढेको मेयर अर्यालललाई खवर गरेका थिए । त्यो खवरपछि नगरबासीलाई सतर्क रहने सचेत गरिएको थियो । नगरले गराएको सावधानीपछि नगरबासीहरु बाढी हेर्न पुलमाथि भेला भएका थिए । पछि पुल नै बगाउने अवस्था आएपछि जनतालाई त्यसठाउँबाट जोगाउन नगरले स्थानीय प्रहरीको साथ लिएको थियो ।
काठमाडौँ महानगरपालिकाको असार ३ गते बसेको नवौँ नगर सभाको पहिलो बैठकले बाढी प्रभावित मेलम्ची नगरलाई २ करोड रुपैयाँ

सहयोग गर्ने निर्णय गरेको थियो । त्यस्तै असार ४ गते बसेको दोस्रो बैठकले हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई ५० ÷ ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

अहिले बाढी प्रभावित क्षेत्रमा राहत लिएर जाने र रमिता हेर्न आउनेको बाक्लो उपस्थिति हुने गरेको देखिन्छ । त्यहाँका स्थानीयहरुमध्ये जसको सर्वस्व गयो उहाँहरुलाई आधारभूत आवश्यकता पूरा गर्न खाद्यान्न र बासस्थानको जरुरी देखिन्छ भने कतिपय व्यक्तिको अहिलेसम्म बचेको घरमा अब क्षति होला कि भन्ने चिन्ता छ ।

यस्ता व्यक्तिहरु राहत होइन, नदीको धार व्यवस्थापन गर्न र जोखिम भएको ठाउँमा ग्याविन वाल लगाइदिए हुन्थ्यो भन्ने अपेक्षामा छन् ।
नदीका किनारामा भेला हुने स्थानीय पाका मानिसहरु भन्छन्, बाबु, बाढी नआउने समयमा नदीले यो रुप देखायो, अब साँच्चे बाढी आउने समयमा त झन के होला । ती पाका मानिसहरुको बुझाइ छ, दोर्जे लाक्पा हिमालमा तल्लो भागमा जम्मा भएको पानी ३० प्रतिशत मात्र आएको छ । बाँकी ७० प्रतिशत त बग्न बाँकी नै छ । त्यो एकैपटक आयो भने संसार सकिन्छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *