७५ जिल्लामा थपियो निषेधाज्ञा

काठमाण्डौ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो पारिएको छ।

उपत्यकाका तीनै जिल्लाका जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको निर्णय अनुरुप निषेधाज्ञा खुकुलो परिएको हो भने नीजि सवारी साधनहरुलाई पनि जोर विजार प्रणालीबाट सञ्चालन गर्ने अनुमति दिइएको छ।

यो संगै उपत्यकाभित्र असार १४गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

त्यस्तै, देशभर ७५ जिल्लाहरुमा पनि निषेधाज्ञा थप गरिएको छ। अधिकाशं जिल्लाहरुमा असार १४ गतेसम्म निषेधाज्ञा थप गरिएको छ भने कति ठाउँमा आवश्यकता अनुसार थप घट गरिएको छ।

हाल देशभर ३९ जिल्लामा ५०० भन्दा बढि सक्रिय संक्रमित रहेका छन् भने १९ वटा जिल्लामा २०० भन्दा बढि सक्रिय संक्रमितहरु रहेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय