काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ। उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले अन्य व्यावसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको थियो।

आजदेखि १४ गते राती १२ बजेसम्म उक्त आदेश लागू हुनेछ।

यसपटक साना सवारीसाधान (कार, जीप, भ्यानमा बढीमा चारजना) ट्याक्सीमा तीनजना र मोटरसाइक, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ। डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न सकिने गरी आदेशमा नयाँ व्यवस्था गरिएको छ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने छ। यो पनि अहिलेको आदेशमा नयाँ व्यवस्था हो।

गर्न नहुने गतिविधि

भिडभाड हुने सबै गतिविधिमा रोक लगाइएको विगतको व्यवस्थालाई भने कायम राखिएको छ। फुटपाथ र खुला ठाउँमा हुने व्यापारलाई पनि रोक लगाइएको छ। होटल तथा पार्टी प्यालसेमा हुने विवाह, व्रतवन्धलाई पनि रोक लगाइएको छ। नित्यकर्मबाहेकका धार्मिक कार्यक्रममा पनि सञ्चालन गर्न पाइने छैन। भौतिक उपस्थितिमा पठनपाठन पनि गर्न नपाइने आदेशमा उल्लेख छ।

८ गते बिहान १ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ। अत्यावश्यक सावारी, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेकका अन्य जिल्लाबाट पासबिहीन सवारी साधान काठमाडौं उपत्यकामा प्रवेश रोक लगाइएको छ।

सञ्चालन गर्न सकिने गतिविधि

शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन गर्न सक्ने छन्। वैदेशिक अध्ययनमा जानुपर्ने विद्यार्थी वा इडिभी परेका व्यक्ति र कूटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तर्वार्ता कार्यका लागि तोकिएको मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ। उद्योग, कलकारखाना तथा सार्वजनिक र निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने छ।

औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै बेला सञ्चालन गर्न सकिने जनाइएको छ। खाद्यान्न, दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री, बिक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीमात्र), स्टेशनरी, बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ।

डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकूद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न सकिने छ।

सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, घरायसी सामग्री, अटोमोबाइल, शोरुम अटोमोवाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स पसल आइतबार मंगलबार र बिहीबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने छ।

निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर, विजुलीका सामान, स्यानिटरी, टायल, मार्वल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। ठूलो परिमाणको ढुवानी रातिमात्र गर्न भनिएको छ।

पसल तथा व्यवसाय सञ्चलान गर्दा कम्तिमा दुई मिटर दूरी कायम गर्ने र अनिवार्य रूपमा स्वास्थ्यका सबै मापदण्ड अवलम्बन गर्नुपर्ने छ। अत्यावश्यक वस्तुको अनलाइन तथा टेकअवे सेवा होमडेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकामा साँझ सात बजेसम्म सञ्चालन गर्न पाइने छ। सवारी मर्मतका पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न भनिएको छ।

विवाह, व्रतबन्धका कार्य बढीमा १० जनासम्म स्वास्थ्य मापदण्ड अपनाएर घर वा बसेको ठाउँमा गर्न पाइने छ। यसका लागि दुईवटा सवारी साधान प्रयोग गर्न सकिने छ। अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत, स्वास्थ्य सम्बन्धीका गाडी, दुरसञ्चार, इन्टरनेट मर्मत, कार्गो, कुरियर, तथा डाँक सेवा, फोहरमैला व्यवस्थापनसम्बन्धी ढुवानीका साधन विषय उल्लेख गरेर सञ्चालन गर्न सकिने छ।

अत्यावश्यक सामग्री बोक्ने सवारी साधान परिचयपत्रको आधारमा सञ्चालन गर्न सकिने प्रजिअ पराजुलीले जानकारी दिए। निजी सवारी साधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीनजना र मोटरसाइक, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ।

तरकारी फलफूल दुग्धजन्य पदार्थ, कुखुरा दाना, चल्ला पशुपक्षीजन्य पदार्थ, खाद्यान्न भेटेरिनरी, इन्धन, ग्यास, सरसफाईमा प्रयोग गर्ने सामान, प्रिन्ट तथा सरकारी छापाखाना, कृषि कार्यका सामग्री ढुवानीका साधन व्यानर राखेर राति ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ। सार्वजनिक तथा निजी निर्माण कार्यका लागि राति ९ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न भनिएको छ।

भन्सार विन्दुबाट उल्लेख भएका मालबाहक सवारी साधानसम्बन्धीत भन्सार प्रमुखले रुट खुलाइ अनुमति प्रदान गरेमा त्यस्ता मालसामान छुटाउने भन्सार एजेन्ट तथा कर्मचारीले उल्लेख गरेको दिन र स्थानसम्म आवातजावत गर्न पाउने छन्। विदेश जाने यात्रुले अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्दा हवाई टिकट, पासपोर्ट, भिसा आदिका आधारमा जिल्ला प्रवेश पाउने जनाइएको छ।

विकास निर्माण र सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सबै सरकारी कार्यालयले स्वास्थ्य मापदण्डको पालना हुने गरी आलोपालो प्रणाली कायम गरी न्यूनतम जनशक्ति प्रयोग गरी सेवा प्रवाह गर्न भनिएको छ। बैंक तथा वित्तिय संस्था, धितोपत्र बोर्ड, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्था स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम जनशक्तिबाट भिडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरेर सञ्चालन गर्ने आदेशमा उल्लेख छ। उक्त आदेशको पालना नगरे कारबाही हुने चेतावनीसमेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय