सोमबार ५३ हजार ९४० सक्रिय संक्रमित, ४६ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा २ हजार २९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ हजार ५८३ पिसिआर र ४ हजार ३२१ नुमना परीक्षण गर्दा २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म ६ लाख २२ हजार ६४० जनामा पिसिआर मार्फत संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांक छ।

सोमबार ३ हजार १३० संक्रमित निको भएका छन्। यो सँगै नेपालमा निको हुने संख्या ५ लाख ५९ हजार ९२८ पुगेको छ।

आज देशभर ५३ हजार ९ सय ४० सक्रिय संक्रमित छन्।

पछिल्लो विवरण अनुसार ४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ७२ पुगेका छन्।

आज देशभर ४४२ क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *