कोरोना खोप लगाउनेमा चिनियाँ ४० प्रतिशत
विश्वमा कोरोनाविरुद्धको खोप लगाउनेमा ४० प्रतिशत चिनियाँ रहेका छन्।
झण्डै १ अर्ब भन्दा बढीले चीनमा खोप लगाएका छन्।
चीनको नेशनल हेल्थ कमिसनकाअनुसार शनिबारसम्म १ अर्ब १० करोड ४ लाख ८९ हजारलाई खोप दिइसकिएको छ, जुन विश्वकै ४० प्रतिशत हुन्छ।
चीनले पाँच दिनमा १० करोड कोरोना खोप लगाएको थियो।
गत मार्च २७ सम्म चीनले जम्मा १० लाख खोप लगाएकोमा अमेरिकाले यसको दुई हप्ता अगाडि नै उक्त संख्यामा खोप लगाएको थियो। मे महिनासम्ममा १० लाखबाट १० करोडलाई खोप लगाइएको थियो।
चीनलाई १० करोड खोपबाट २० करोड पुर्याउन २५ दिन लागेको थियो भने १६ दिनमा २० करोडबाट ३० करोडमा पुगेको थियो। ८० करोडबाट ९० करोडलाई ६ दिनमा खोप वितरण गरिएको थियो।
यो वर्षको अन्तिमसम्ममा ७० प्रतिशत जनसंख्यालाई खोप वितरण गर्ने लक्ष्य चीनले राखेको छ।