स्वास्थ्य मन्त्रालयले भन्यो – संक्रमणको चक्र अझै तोडिएको छैन, फेरि फैलने कारण नबनोस

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले निषेधाज्ञा केही खुकुलो भए पनि कोभिड–१९ संक्रमणको चक्र अझै नतोडिएको बताएको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै काठमाडौं उपत्यकामा कोरोनाको चत्र नतोडिएको जनाएको छ।

‘कोभिड–१९ को संक्रमणको जोखिम कायमै छ, त्यसैले अत्यावश्यक नपरून्जेल अझै पनि घरबाहिर ननिस्कौं । निस्कनै परे सधै मास्कको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने लगायतका सबै स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरौं। याद राखौं तपाइँ हाम्रो हेलचेक्रयाइँ कोभिङ–१९ संक्रमण फेरि फैलने कारण नबनोस,’ सूचनामा भनिएको छ।

केही दिनयता भने कोरोना संक्रमणको दर घट्दै गएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *