किशोरीलाई जबरजस्ती करणी गर्ने २३ वर्षीय युवक पक्राउ

किशोरीमाथि जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-८ बस्ने २३ वर्षीय जयराम चौलागाईलाई प्रहरीले पक्राउ गरेको हो। धुलिखेलबाट अपहरण गरी भक्तपुरको गेष्टहाउसमा लगी चौलागाईले किशोरीमाथि जबरजस्ती करणी गरेका थिए।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले अभियुक्त चौलागाईलाई खोजतलास क्रममा काठमाडौंको सुन्धारा एरियामा फेला पारी कानुन बमोजिम नियन्त्रणमा लिएको बताए।

सूचना अधिकारी गिरीले भक्तपुर नगरपालिका-४ स्थित गेष्ट हाउसमा खाजा नास्ता खाने बहानामा लगी ललाई-फकाई, डर-धम्की दिई जबरजस्ती करणी गरेको पीडित किशोरीले प्रहरी समक्ष बयान दिएकी छन्।

शनिबार काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-८ घर भएकी १५ वर्षीया किशोरी बेपत्ता भएकी थिइन्। त्यसपछि, उनकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निबेदन दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय