उपत्यकाको निषेधाज्ञा ७ दिन थपियो, निजी सवारीसाधनमा जोरबिजोर लागू हुने

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकाको निषेधाज्ञा ७ दिन थपिएको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले विभिन्न क्षेत्र खुला गर्दै निषेधाज्ञा अवधि थप गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार निजी सवारीसाधनलाई जोर बिजोर प्रणाली लागू हुने भएको छ भने सार्वजनिक सवारीसाधन भने सञ्चालन हुनेछैनन्।

यस्तै, बैंक तथा वित्तिय क्षेत्र, फेन्सी, भाँडा पसललगायत भीडभाड् नहुने व्यवसाय समय तोकेर चलाउन दिइनेछ ।

जसअनुसार डिपार्टमेन्ट स्टोर (ग्रोसरीबाहेक), सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक,साडी, गिफ्ट आइटम, टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्नपाइनेछ ।

यस्तै, सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्ट्स, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्युटर) आइतबार, मंगलबार र .बिहीबार बिहान ११ देखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्नपाइनेछ ।

निर्माणजन्य सामग्रीको पसल (हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेटिङ) दैनिक बिहान ११ देखि अपरान्ह ६ बजेसम्म सन्चालन गर्न पाउने र ठूलो परिमाणको ढुवानी रातिमात्र गर्न दिने निर्णय भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *