तेस्रो लहरको तयारी गर्दै उपचारात्मक सेवा महाशाखा

हेल्थपोस्ट नेपाल

उपचारात्मक सेवा महाशाखा अन्तरगत होम आइसोलेशनमा रहेका मानिसहरुलाई परामर्श गर्नका लागि दर्जन भन्दा बढि परामर्शदाताको नाम हेल्थ इर्मजेन्सी अपरेसन सेन्टरमा प्रकाशित गरिएको छ। तिनीहरुले सरसल्लाह परामर्श दिन थालिएको छ।

त्यस्तै, कोरोना डेडिकेटेड सरकारी अस्पताल र ८६ वटा नीजि अस्पतालको अनुगमन सेवा प्रवाहलाई प्राथमिकता यस महाशाखाले दिएको छ।
कोभिड–१९ को उपचारमा अक्सिजनको माग, प्लान्ट को निर्माण र आपूर्तिका लागि पिएसएसँग सहजीकारण गरिएको छ।

विभिन्न अस्पतालहरुमा जनशक्ति अभाव भएको ठाउँमा कूल दरबन्दी तयार गरी जहाँ आवश्यकता पर्दछ, त्यहाँ खटाउने र सहजीकरण गर्ने कार्य भइरहेको उनले बताए।

स्वास्थ्यकर्मीहरुलाई सघन उपचारका लागि राष्ट्रिय स्वास्थ्य तालिमका केन्द्र र नेपाल चिकित्सक संघसँग सहकायै गरी तालिम प्रदान गरिरहेको छ। हाल १२ हजार स्वास्थ्यकर्मीहरुले स्वास्थ्य उपचार तालिम लिइसकेका छन्।

अग्रपन्थीमा अटिने स्वास्थ्यकमीहरुलाई तनाब व्यवस्थापन गर्न साइकोसोसियल तालिम पनि प्रदान गरिएको छ।
उनले तेस्रो लहर आउन सक्ने सम्भावना रहेकाले महाशाखाले योजना तयारी गरिरहेको बताए।

जनशक्तिको विवरण संकलन, निर्देशिका बनाउने, चाहिने उपकरण, औषधीको व्यवस्थापन खरिद प्रकृयाको अनुरोध तथा तालिमका लागि काम भइरहेको छ।
कोरोनासँगै चलायमान बनाउन एमएसएस, टेलिमेडिसिन, एमर्जेन्सी हेल्थ रिर्सोसको एसटिपि बनाउन तथा लर्निङ रिर्सोस तयार गर्ने काम भइरहेको छ।

त्यस्तै विभिन्न स्थानीय तहहरुमा आँखा, नाक, कान घाँटीका कार्यक्रमहरु सञ्चालनका लागि सहजीकरण भइरहेको छ।
संघीय तहमा, दाँत, नाक कान घाँटीको सुविधाको व्यवस्था गर्ने तयारी गरिएको छ।

प्रकाश बुढाथोकी, वरिष्ट कन्सल्ट्यान्ट, उपचारात्मक सेवा महाशाखा



Leave a Reply

Your email address will not be published. Required fields are marked *