२४ घण्टामा २४४२ जनामा कोरोना पुष्टि, ५१ को मृत्यु


कोरोना संक्रमणका कारण २४ घण्टामा ६६८७ पिसिआर विधिबाट परीषण भएकामा १४२१ मा संक्रमण पुष्टि भएको छ, भने ४२४० मा एन्टिजेन्ट विधिबाट परीक्षण गर्दा १०२१ क्रमण पुष्टि भएको छ।

आजमात्र १०९५६ जनामा परीक्षण गरिएकोमा २४४२ जनामा कोरोना पुष्टि भएको छ। २१.३ प्रतिशतमा संक्रमण पत्ता लागेको हो।

काठमाण्डौ उपत्यका भित्र ५४८ जनामा कोरोना पुष्टि भएको छ जसमध्यकाठमाण्डौमा ४५० ललितपुरमा ५३ र भक्तपुरमा २५ जना रहेका छन्।

३४५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

२४ घण्टामा ५१ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
हालसम्म ८७२६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

देशैभर ५५,५३६ जना सक्रिय संक्रमितहरु रहेका छन्।

सक्रिय संक्रमित भएको जिल्ला कम हुँदै गएको छ भने १४ जिल्लामा सक्रिय संक्रमित बढ्दै गइरहेका छन्।

प्रदेश १ मा उदयपुर, पाँचथर, तेह्थुम, भोजपुर र संखुवासभा रहेका छन् भने बागमतीमा दोलखा, नुवाकोट र रसुवामा बढ्दै गइरहेको छ।
त्यस्तै, गण्डकी प्रदेशमा बाग्लुङ र मुस्ताङ, लुम्बिनी प्रदेशमा रोल्पा जिल्ला, कर्णाली प्रदेशमा जुम्ला, डोल्पा, रुकुम पश्चिम र सुदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लामा सक्रिय संक्रमित बढ्दै गइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय