सिन्धुपाल्चोकका बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री एवं राहत वितरण (फोटोफिचर)

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीबाट पीडित तथा प्रभावितका सहायतका लागि नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसनलगायतका संघ संस्थाले विभिन्न औषधि, स्वास्थ्यसहित राहत सामग्री वितरण गरेका छन् ।

बाढीबाट बढी प्रभावित पाँचपोखरी, मेलम्ची र हेलम्बुवासीलाईको उपचार तथा राहतका लागि शनिबार लाखौं मुल्य बराबरबा सामग्री हस्तान्तरण गरिएको हो । बाढीबाट सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु र पाँचपोखरी सबैभन्दा प्रभावित भएका छन्।

राहत वितरणमा समन्वय होस् भन्ने उद्देश्यले राहत सामग्री प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकलाई हस्तान्तरण गरिएको हो ।

बाढीपछि आइपर्नसक्ने विभिन्न भाइरल तथा सिजनल रोग, रुघाखोकी, एलर्जी तथा छालाका समस्यमा प्रयोग हुने औषधिसहित स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटरसमेत हस्तान्तरण गरिएको संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए।

स्वास्थ्य तथा राहत सामग्री हस्तान्तरणका लागि अध्यक्ष डा. कार्कीसहित, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्र बस्नेत, संघका महासचिव डा. बद्री रिजालसहितको चिकित्सक टोली सिन्धुपाल्चोक पुगेको थियो।

टोलीले जिल्लामा विद्यमान स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिएर थप उपचार सामग्रीसमेत उपलब्ध गराउँने प्रतिवद्धता जनाएका थियो ।

सो अबसरमा प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जिल्लामा विशेषज्ञ चिकित्सक, रक्तसंचार केन्द्र र भेन्टिलेटरसमेत उपलब्ध नभएको बताए।

फाउन्डेसन र संघले सरकारले स्वास्थ्य विशेषज्ञ जनशक्ति व्यवस्था भएमा रक्तसंचार केन्द्र र भेन्टिलेटर उपलब्ध गराउँने प्रतिवद्धता जनाएका थिए।

राहत वितरण
सो क्रममा बाढी प्रभावितका लागि संघसहित अन्य थुपै संघ संस्थाको पहलमा संकलित राहत सामग्रीसमेत प्रमुख जिल्ला अधिकारीमार्फत् हस्तान्तरण गरिएको थियो ।

दावाँली मिलन क्लव, काठमाडौं, कृष्णलक्ष्मी–लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान, काठमाडौं, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान), हेमरीक ब्याडमिन्टन क्लब इमाडोललगायतका संस्थाको पहलमा सोलार प्यानलसहित राहत सामग्री चामल, चिउरा, नुन, मस्यौरा, तेल र ब्लाङ्केटसमेत वितरण गरिएको दावाँली मिलन क्लवका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए।

४ जनाको शव भेटिएको १९ वेपत्ता
मेलम्ची खोलामा असार १ मा आएको बाढीमा परेका ४ जनाको शव भेटिएको र अझै १९ वेपत्ता रहेको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले शनिबार रामेछाप नजिक एक जनाको शवसहितहालसम्म ४ वटा शव भेटिएको बताए।

भेटिएको शब मेलम्ची आयोजनामा कार्यरत २ भारतीय र एक चिनियाँ कामदारको हो।

उनले हालसम्म १९ जना वेपत्ता भएको र वेपत्ता भएकाहरु जिवित भेटिने आशा कम रहेको जानकारी दिए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय