शनिबार ५७ हजार ६१८ सक्रिय संक्रमित, ३४ को मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा काेराेना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको अनुसार देशभर गरिएको ७ हजार १० पीसीआर र ४ हजार ६८६ एन्टीजेन नमुना परीक्षणमा २ हजार ४०१ जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख १९ हजार ६ सय ३५ पुगेको छ।

शनिबार ५७ हजार ६१८ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन्।

यो सँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५३ हजार ३४२ पुगेको छ।

पछिल्लो विवरण अनुसार ३४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ।

मन्त्रालयको अनुसार ४४१ जना क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय