डब्ल्यूएचओका महानिर्देशकले मुस्ताङको भिडिओ ट्विट गर्दै भने : नेपालका स्वास्थ्यकर्मी ‘हिरो’ हुन्

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसले मुस्ताङमा स्वास्थ्यकर्मीले कोरोनाविरुद्धको खोप खोला तारिरहेको भिडिओ ट्विट गरेका छन्।

उक्त्त भिडिओ ट्विट गदै टेड्रोसले स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन्।

असार १ गते मुस्ताङको छापताङ् खोला बढेपछि स्वास्थ्यकर्मीले पाइपको सहारले ‘भ्याक्सिन क्यारिअर’ तारेका थिए।

सामाजिक संजालमा भाइरल भएको उक्त भिडिओलाई महानिर्देशक टेड्रोसले ट्विट गर्दै स्वास्थ्यकर्मीले यो साहसका साथ जीवनरक्षाका लागि काम गरिरहेको बताएका छन्।

तर कतिपय स्थानमा यी नायकहरुले अझै खोप लगाउन नपाएको उनको गुनासो छ।

ट्विट ट्रेडोसले लेखेका छन्, “स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, के यो न्याय होला कि यस्ता हिरोहरुलाई अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट बञ्चित गर्नु ?” उनले थप लेखेका छन्, “यो हाम्रो शक्ति र कर्तव्य हो, भ्याक्सिन समान वितरण गर्न हामी जे पनि गर्न सक्छौं । अहिले नगरे कहिले ।”

उक्त भिडियोमा स्वास्थ्यकर्मीले खोप खोलाबाट तार्न गरेको संघर्ष छ  । त्यहाँ लठ्ठीको भरमा खोप तारिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय