पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था कस्तो छ?

हेल्थपोस्ट नेपाल

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अहिले भारतमा उपचार गराइरहेका छन्।

भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिएका छन्।

खनालको ज्वरो कम हुँदै गएको छ।

‘स्वास्थ्य अवस्था ठीक छ’, उनले भनेका छन्, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ।’

‘स्वास्थ्य सुधार भइरहेको छ भ्रममा नपरौं । फेसबुकमा आएका कुराहरु  गलत हुन्, ‘उनले भने ।

कोरोना संक्रमणबाट मुक्त भएपछि पनि स्वास्थ्यमा समस्या देखिएपछि खनाललाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो।

चिकित्सकका अनुसार खनाललाई  ‘पोस्ट कोभिड’ भएको थियो।

खनाल पहिला देखि मिर्गौलाको समस्याबाट ग्रसित भए। जसका कारण मिर्गौलामा थप समस्या देखिएको थियो। परिवार तथा आफन्तको सल्लाहमा थप उपचारको लागि असार २ गते दिल्ली लगिएको हो।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *