लिची खानुका फाइदा : इम्युनिटी बढाउनेदेखि मोटोपन घटाउनेसम्म

हेल्थपोस्ट नेपाल

गर्मी मौसममा लिची खान कसलाई मन पर्दैन होला र? लिची स्वादिष्टमात्र होइन स्वास्थ्यका लागि पनि उति नै महत्वपूर्ण र फाइदाजनक छ। यसमा पाइने पोषक तत्वले इम्युनिटी पावर बढाउनेदेखि लिएर मोटोपनलाई समेत घटाउन मद्दत पुर्याउँछ।

लिची खानुका यस्ता छन् फाइदा-

-लिचीले फ्री रेडिकल्सबाट जोगाउने गर्छ। रेडिकल्सले शरीरमा भएका कोशिकालाई खराब गर्छ जसले हामीलाई विभिन्न रोगको शिकार बनाउँछ। लिचीमा भिटामिन ‘सी’ र फ्लेभोनोइड्स हुन्छ जसले फ्री रेडिकल्सबाट हाम्रो शरीरलाई रक्षा गर्छ।

-लिचीले मुटु, क्यान्सर तथा अर्थराइटिसजस्ता बिरामी हुनबाट पनि बचाउने गर्छ।

-यसले शरीरमा भएका विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ

-लिचीले इम्युनिटीलाई बढाउँछ। जसले हामीमा भएका पुराना बिमारी र मौसमी संक्रामक रोगबाट रक्षा गर्छ। लिचीले सेता रक्तकोषको उत्पादनलाई बढाउँछ।

-लिचीले हृदयघात हुनबाट जोगाउँछ। यसमा सोडियम र कोलेस्ट्रोल हुँदैन।

-लिचीले मुटुरोग तथा ब्लडप्रेशर हुने सम्भावनालाई कम गराउँछ।

-लिचीमा भिटामिन ‘बी-३’ हुन्छ जसले कोलेस्ट्रोल सिस्टमलाई नियन्त्रणमा राख्छ। भिटामिन ‘बी-३’ ले शरीरमा राम्रो कोलेस्ट्रोललाई बढाउँछ। साथै रगतमा भएको विकारलाई फिल्टर गर्छ।

-हरेक दिनको लिची सेवनले मेटाबोलिजमलाई सुधार गर्छ। यसले खानाबाट पाइएको कार्बोहाइड्रेट तथा प्रोटिनको मात्रालाई नियन्त्रणमा राख्छ।

-लिचीले तौललाई पनि नियन्त्रणमा राख्छ।

-लिचीको सेवनले कब्जियत हुनबाट पनि जोगाउँछ। यसमा पाइने फाइबरले पाचन प्रक्रियालाई सहयोग पुर्याउँछ।

-लिचीले डायवेटिजलाई पनि कन्ट्रोलमा राख्छ।

-लिचीमा पर्याप्त मात्रामा पानी पाइन्छ। जसले गर्मीमा शरीरलाई पानीको कमी हुनबाट बचाउँछ।

-लिची छालाका लागि पनि उपयोगी हुन्छ। यसमा पाइने भिटामिन ‘ए’ र ‘सी’ ले छालालाई सुख्खा हुनबाट जोगाउँछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *