नेपालमा संक्रमणमुक्त हुने संख्या बढ्दै, आज ४ हजार २० जना निको भए

हेल्थपोस्ट नेपाल


पछिल्लो २४ घन्टामा देशभर २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको छ।

 

स्वास्थ्य मन्त्रालयको अनुसार कुल १३ हजार ३७ जनामा परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

यो अवधिमा ४ हजार २० जना निको भएका छन्।

निको हुनेको दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

यस अवधिमा थप ४४ जनाको मृत्यु भएको छ।

काठमाडौं उपत्यकामा थप ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

त्यसमध्ये काठमाडौंका ३९४ जना, ललितपुरका ६० जना र भक्तपुरका ५४ जना छन्।

अहिले काठमाडौंका मात्रै ६ हजार ७३५, ललितपुरका २ हजार ९८३ र भक्तपुरका २ हजार २५० जना सक्रिय संक्रमित छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *