साढेँ १३ लाखले भरे स्वेच्छिक अनलाइन फारम, कहिँले पाउँछन् खोप ?

हेल्थपोस्ट नेपाल

सरकारले कोरोना भाइरस विरुद्धको खोपका लागि आमनागरिकलाई स्वेच्छिक अनलाइन फारम भर्न डेढ महिना आगाडीदेखि नै आवाहन गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म साढेँ १३ लाखले फारम भरिसकेका छन्।

मन्त्रालयले १८ वर्षभन्दा माथिका व्यक्तिहरूलाई मात्रै फारम भर्न पाउने छन्।

मन्त्रालयको सूचना व्यवस्थापन ईकाइका प्रमुख डा. अनिल थापाले दैनिक ३० हजारको हाराहारीमा फारम भर्ने गरेको बताए।

तर, उनका अनुसार यो संख्या अपेक्षाकृत छैन।

अहिले फारम भरेकाहरूमा खोप कहिले पाउने भन्ने चासो छ।

धेरै मानिसमा फारम भर्ने बित्तिकै खोप लगाउन पाउने हो कि भन्ने जिज्ञाशा पनि देखिएको छ।

तर, फारम भर्ने बित्तिकै खोप लगाउन पाउने सुनिश्चितता नहुने डा. थापा बताउँछन्।

‘फारम भर्ने बित्तिकै खोप लगाउन भन्ने पाइने होइन,’ डा. थापाले भने, ‘सरकारले खोप उपलब्धताको आधारमा उमेर समूह छुट्याउँदा भने चाहिँ प्राथमितामा पर्ने छन्।’

त्यसैगरी, स्वास्थ्य सेवा विभागका खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतम योजना बनाउन र व्यवस्थापन गर्न सहज हुने हिसाबले अनलाइन फारम भर्न लगाइएको बताए।

‘सरकारलाई खोप उपलब्धता भएपछि खोप केन्द्रमा जाँदा लाइनमा लगाउन नपरोस भन्ने हिसाबले फारम भर्न लगाएका हौं,’ डा. गौतमले भने, ‘यसले हाम्रो माग कति छ भनेर पनि देखाउँछ।’

आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्था गर्नका लागि सहज हुने थापाको भनाई छ।

इन्टरनेटको सुविधा नभएकाहरुले कसरी भर्ने ?

इन्टरनेटको सुविधा नभएका ठाउँका नागरिकलले पालिका, वडा कार्यालय वा स्वास्थ्य कार्यालयमा गएर हार्डकपीमा विवरण टिपाउन सक्नेछन्।

‘मन्त्रालयले सबै स्वास्थ्य कार्यालयलाई अनलाइन फारम भर्ने निर्देशन दिएको छ। आफ्नो परिचय खुल्ने परिचय पत्र लगेर गएपछि नजिकै रहेका पालिका, वडा कार्यालय वा स्वास्थ्य कार्यालयका कर्मचारीलाई विवरण टिपाउन सकिन्छ। त्यसैको आधारमा उनीहरू फारम भर्छन,’ थापाले भने।

फारम भरेकाले कहिले पाउँछ खोप ?

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४२ लाख ४८ हजार डोज खोप नेपालमा आइपुगेको छ।

प्राप्त खोपलाई सरकारले प्राथमिकता निर्धारण गरी खोप कार्यक्रम सञ्चालन भइरहेको गरेको छ।

हालसम्म २४ लाखले खोपको पहिलो डोज प्राप्त गरेका छन्। ७ लाखले दोस्रो डोज लगाइसकेका तथ्यांक मन्त्रालयको छ।

त्यसैगरी, तीन लाखको हाराहारीमा ६० देखि ६४ वर्ष उमेर समूहले पहिलो डोज प्राप्त गरेको मन्त्रालयले जनाएको छ।

स्वेच्छिक फारम भर्ने बित्तिकै खोप लगाउन पाउँछ भन्ने छैन।

खोप उपलब्धता भएको आधारमा सरकारले निर्धारण गरेको उमेर समूहमा फारम भरेका व्यक्तिलाई प्राथमिकतामा राख्नुका साथै खोप लगाउन आउनू भनेर म्यासेज गरिनेछ ।

खोप लगाउन जाँदा अनलाइन फारम भर्दा प्राप्त हुने दर्ता कार्ड वा दर्ता नम्बर वा आफ्नो परिचय खुल्ने परिचयपत्रसहित खोप केन्द्रमा जानु पर्ने उनले बताए ।

 

https://vaccine.mohp.gov.np/



Leave a Reply

Your email address will not be published. Required fields are marked *