अब यि नर्सले रात्रकालीन ड्युटी गर्न नपर्ने

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० बर्षभन्दा माथि र स्तनपान गराइरहेका नर्सहरूले  रात्रकालीन ड्युटी गर्न नपर्ने जनाएको छ।

नेपाल नर्सिङ संघले यस विषयमा मन्त्रालयलाई पटक–पटक ध्यानकर्षण गराएको थियो।

मन्त्रालयको नीति समवन्य समितिको बैठकले सो निर्णय गरेको हो।

‘पचास बर्ष उमेर पुगेका र स्तपान गराइरहेका नर्सहरूलाई दुई वर्षसम्म अस्पतालमा रात्रकालिन ड्युटी नगराउन सम्बन्धित संस्थालाई अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *