चिकित्सा शिक्षा स्नातक तहका प्रवेश परीक्षा असार भित्रै : चिकित्सा आयोग

चिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न विषयको प्रवेश परीक्षाको लागि आन्तरिक तयारी थालेको छ।

आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले २६ असार देखि एकीकृत प्रवेश परीक्षाका लागि आन्तरिक योजना बनाएको बताए।

उनका अनुसार सो समयमा परीक्षा सञ्चालन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र ‘सीसीएमसी’ संग अनुमति मागेको छ ।

‘आयोग २६ गतेबाट ५ दिनभित्रमा परीक्षा सक्ने गरी आन्तरिक योजनामा जुटेको छ,’ डा. गिरीले हेल्थपोस्ट नेपालसँग भने, ‘ परीक्षा सञ्चालन गर्न ‘सीसीएमसी’ अनुमति मागेका छौं।’

उनका अनुसार ‘सीसीएमसी’को जवाफ आएपछि ठोस निर्णय हुनेछ।

‘स्नातक तहको भर्ना प्रक्रियामा ढिला भइसकेको छ। संक्रमण केहीदिनयता घट्दै गएको छ। परीक्षा सञ्चालन गर्न सकिने हिसाबले नै असार भित्रै सक्ने योजना बनाएका हौं,’ उनले भने।

गत वर्ष नै प्रवेश परीक्षा सम्पन्न भइसक्नुपर्नेमा कोरोना संक्रमणका ढिला भएको हो।

‘कोरोनाका कारण नै गत वर्ष पनि परीक्षा हुन सकेन। हामीले जेठमा परीक्षा गर्न योजना बनाएका थियौं। तर, पुन दोस्रो लहरले प्रभावित बनायौं,’ डा. गिरीले भने।

एमबिबिएस तथा बिडिएस, बिएन तथा बिएसी नर्सिङ, फार्मेसी, पब्लिक हेल्थलगायत स्नातक तहका भर्नाको प्रक्रिया केही समयमा हुने उनले बताए।

उनका अनुसार केही दिनभित्रै काठमाडौँं उपत्यकामा सेन्टर तोक्ने र स्वास्थ्यका मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गरिने योजनामा आयोग जुटेको छ।

स्नातक तहका विभिन्न विषयमा ३२ हजार ८०० जनाले प्रवेश परीक्षाका लागि फारम भरेको छन्।

आयोगले गत सोमबार स्नातक तहका विभिन्न विषयको अध्ययनका लागि कलेजहरुलाई सिट निर्धारण गरिसकेको छ।

अघिल्लो आर्थिक वर्षकै भर्ना प्रक्रिया तथा कक्षा सञ्चलान हुनुपर्नेमा कोरोना महामारीका कारण शैक्षिक कार्यक्रम पर सरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय