डा.तिंकरी भन्छन् – कुनै पनि कम्पनीले ‘रेस्पोन्स’ गर्दैनन्, खोप कसरी ल्याउने?

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा चीनबाट ४० लाख खोप खरिद गर्न लागिएको जानकारी गराए।

सरकारका उच्चपदाधिकारीले केही दिनभित्र खोप नेपालमा आइपुग्ने घोषणा समेत गरे।

नेपालले चीनको सिनोफार्म कम्पनीको ‘भेरोसेल’ ४० लाख डोज खोप खरिद गर्न लागेको हो।

खोप खरिदको लागि स्वास्थ्य सेवा विभागले चीन सरकारलाई कम्पनीसँग समवन्य गर्न पत्रचार गरेको छ।

तर, अहिले सम्म कुनै जवाफ आएको छैन्।

‘हामीले ४० लाखको खोपको आवश्यक परेको भन्दै इमेल पठाएका छौं,’ व्यवस्थापन महाशाखाका प्रमुख डा. भिमसिँह तिँकरीले भने, ‘अहिले सम्म कुनै जवाफ आएको छैन।’

उनका अनुसार नेपालमा तत्काल कुनै पनि राष्ट्रबाट खोप प्राप्त हुँदैन।

डा. तिंकरी पटक–पटक नेपालमा दर्ता खोपलाई पत्रचार गरेको बताउँछन्।

कुनै पनि कम्पनी वा राष्ट्रलाई पत्रचार गर्दा राम्रो ‘रेस्पोन्स’ गर्दैनन्। ‘रेस्पोन्स’ गर्नेले पठाउन सकिँदैन, हामीसँग माग धेरै छ भन्छन्। कहाँबाट ल्याउने खोप?,’ डा. तिंकरी हेल्थपाेस्ट सँग भने।

चीनले यसभन्दा अगाडी १८ लाख भेरोसेल अनुदान मार्फत दिएको छ।

अहिले ४० लाख खोप तत्काल खरिद गर्ने केही दिनयता सञ्चार माध्यममा पनि आइरहेका छन्।

सञ्चारमाध्यमा व्यापक तथ्यहीन समाचार प्रकाशित भइरहेको डा. तिंकरी बताउँछन्।

‘खरिद प्रक्रियाको विषयमा मलाई थाहा नभएको कुरा मिडियामा प्रकाशित भइसकेको हुन्छ। हुँदै नभएको कुरा कहाँबाट सूचना पाएर लेख्नुहुन्छ,’ डा. तिंकरी थप्छन्।

खोप खरिदका लागि चीन सरकारलाई कम्पनी (सिनोफार्म) सँग समवन्य गर्न पत्रचार गरिएको छ।

सरकारले योजना कम्पनीसँग ‘डिल’ गरेर खरिद गरिने छ।

‘हामीले कम्पनीसँगै सिँधै कुरा गरेर खोप खरिद गर्ने छौं। दोस्रो व्यक्ति कोही नछिरोस् भन्ने चाहन्छौं,’ उनी भन्छन्, ‘ कम्पनीले के भन्छ त्यसको आधारमा निर्णय हुन्छ।’

खोप खरिद छलफल भइरहेको तर मात्रा र मूल्य जानकारी नभएको उनको भनाई छ।

‘मूल्यको कुरा सोधेका छौ। तर, जवाफ आएको छैन,’ उनले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय