सिसिएमसीको ‘स्मार्ट लकडाउन’ निर्णय : के हो यो स्वास्थ्य मन्त्रालयलाई नै थाहा छैन

हेल्थपोस्ट नेपाल

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को बुधबारको बैठकले अबको लकडाउनको मोडल ‘स्मार्ट’ हुने निर्णय गरेको छ। संक्रमणको स्थितिलाई मध्यनजर गर्दै भीडभाड कम हुने गरी बजार खुलाउने तयारी सिसिएमसीको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल निषेधाज्ञालाई खुकुलो बनाउन नहुने सुझाव दिँदै आए पनि सिसिएमसीले जनस्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै खुलाउने निर्णय गरेको हो।

तर स्मार्ट लकडाउन के हो भन्नेबारेमा स्वास्थ्य मन्त्रालयलाई समेत जानकारी छैन। मन्त्रालयका प्रवक्ता कृष्ण पौडेलले यसबारे मन्त्रालयलाई समेत जानकारी नभएको बताए।

‘सिसिएमसीले हामीसँग पनि छलफल गरेको छैन। त्यसैले पनि स्मार्ट लकडाउन केलाई भनिन्छ भन्नेबारेमा हामीलाई पनि थाहा छैन,’ उनले भने।

त्यस्तै, सिसिएमसीका सदस्य तथा स्वास्थ्य विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले स्वास्थ्य मापदण्डलाई ख्याल गरेर बजारलाई केही रुपमा सहज बनाउनका लागि तयार गरिएको बताए।

भीडभाड तथा सभाहरुलाई निषेध गर्दै अन्य यातायात, बजार तथा उद्योगहरु केही समयका लागि खोल्न दिने भनिएको उनले बताए।

‘यातायातमा पनि जोरबिजोर प्रणाली लगाउने, बजार निश्चित समयका लागि मात्र खुलाउने व्यवस्था मिलाउन लागिएको र यसबाट संक्रमण कम पनि गराउन मद्दत गर्ने भएकाले स्मार्ट लकडाउन नामाकरण गरिएको हुन सक्छ,’ उनले भने।

एक हप्ताको निषेधाज्ञापछि मात्र स्मार्ट लकडाउन लागू गर्ने र संक्रमण कम हुने नहुने विश्लेषण गर्ने उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *