बिहिबार ६१ हजार ७२५ सक्रिय संक्रमित, ३९ को निधन

हेल्थपोस्ट नेपाल

बिहिबार देशभर ६१ हजार ७२५ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २ हजार ६०४ जनामा कोराना संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो।

२४ घण्टामा देशभर २ हजार १४१ जना संक्रमित निको भएका छन्।

नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ६ प्रतिशत पुगेको छ।

नेपालमा हालसम्म ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो विवरण अनुसार ३९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५९७ जना संक्रमितको मृत्यु भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *