स्वास्थ्यकर्मीका लागि जागिरको अवसर

हेल्थपोस्ट नेपाल

बेलौरी नगरपालिकाले १४ जना स्वास्थ्यकर्मीकाे माग गरेको छ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न कर्मचारी आवश्यकता भएको नगरपालिले जनाएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै चौंथो तह( अहेब) का लागि सात जना र अनमीका लागि सात जना स्वास्थ्यकर्मीको माग गरेको हो।

उक्त कर्मचारी करारको लागि लिइने नगरपालिकाले जनाएको छ।

योग्यता पुगेका तथा इच्छुक व्यक्तिले सात दिन भित्र दरखास्त पेश गरिसक्नुपर्ने छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *