बी पि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता भएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७८ असार ३ गते १३:५३

बी पि स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका स्वास्थ्यकर्मी तथा विद्यार्थीहरुले अनियमितता र भ्रष्टचार विरुद्ध तीन दिन देखि विरोध गर्दै आएका छन्।

प्रतिष्ठानको स्तर खस्कदैं गएको र यसको सुधारमा केही कदम नचालेको भन्दै यसको विरोधमा प्रतिष्ठानका फ्याकल्टि वेल्फियर सोसाइटीका अध्ययक्ष डा विष्णु पोखरेलले सामाजिक सञ्जालमा पोष्ट गरेका थिए।

उनले अख्तियारले पनि प्रतिष्ठानको गतिविधिहरुमा आँखा बन्द गरेको भन्दै आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेपछि उपकुलपति डा ज्ञानेन्द्र गिरीले उनलाई स्पष्टीकरण सोधेका थिए।

बिना कारण पोखरेल माथि स्पष्टिकरण सोधिएको भन्दै त्यहाँका चिकित्सक तथा विद्यार्थीहरुले आन्दोलन शुरु गरेको प्रतिठानका एक विद्यार्थीले बताए। नाम उल्लेख नगर्ने सर्तमा ती विद्यार्थीले भने, प्रतिष्ठानमा झण्डै डेढ वर्षदेखि एमआरआई सेवा बन्द छ, सिटि स्क्यानको मेसिन बिग्रीरहेको छ।

दन्त सेवामा दैनिक २० देखि ३० वटा मेसिन चल्नुपर्ने समयमा मुस्किलले ३ देखि ४ वटा चल्छन्, जसले गर्दा विद्यार्थीहरुले राम्ररी सिक्न पनि पाएका छैनन, उनले भने। २०/३० वर्ष पुराना मेसिनहरु रहेका छन्, जुन दिनमै २ पटक भन्दा बढि बिग्रने गर्दछन्।

खरिद प्रकृयामा पनि धेरै अनियमितता भएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय